गीतकार समिर खानले ल्याए मैथली भाषामा रमजान को गीत

  • star khabar
  • ४ महिना अगाडि
  • २४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर ,बैशाख ५
रमजानको महिना सुरु हुनै लाग्दा गीतकार समिर खानको रमजानके महिना सार्वजनिक भएको छ । नेपालमै पहिलो पटक मैथली भाषामा बनेको रमजान के महिना बोलको गीत ईश्लामीक धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व रमजानलाई लक्षित गरि सार्वजनिक गरिएको छ । मैथली भाषामा माया प्रेम चाडपर्व लगायत विभिन्न किसिमका गीतहरुमा कलम चलाउदै आएका गीतकार खानको मुश्लिम धर्मावलम्बीहरुको महत्वपुर्ण पर्व रमजानको विषयमा रचना गरिएको खानको यो पहिलो प्रस्तुती मात्रै नभएर नेपालमै पहिलो पटक मैथली भाषामा तयार भएको छ ।

आदित्य अजय र अनुमा चौधरीको स्वर रहेको गीतमा पारसमणीको संगीत रहेको छ भने बिट स्टुडियोमा रेकर्डिङ गरिएको छ । आदित्य अजयको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन कामेश्वर परदेशीले गरेका हुन । भिडियोमा मुस्तकीम आलम,आदित्य अजय,अनुषा चौधरी,पप्पू यादव,निरुता, एलिशा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *