
जेष्ठ -१, सिरहा।
सिराहाको विष्णुपुर गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले निर्वाचित भएका छन्।
निर्वाचित यादवले २ सय ७७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राम ईश्वर यादवले २ सय ७१ मत प्राप्त गरेका छन्।
राम ईश्वर २०७४ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षमै नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले २६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले २ सय १६ मत प्राप्त गरेका छन्।
Your email address will not be published. Required fields are marked *