सिरहाको लहानमा एक जना महिलाको शव फेला

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


सिरहा लहान २९ वैशाख- सिरहाको लहान नगरपालिका वडा नं ३ नौडेगा चौरीको खुर्सानी बारीमा एक महिला मृत अवस्थामा फेला परेका छन् ।

स्थायी घर लहान ३ रघुनाथपुर भएकी करिब ५५ वर्षिय महिला आफ्नो खेतबारी अर्थात् खुर्सानी बारीमा बिहान घरबाट ८ बजे काम गर्न गाएकी थिइन् । दिँउसो अबेला घर नफर्किएपछि निजका श्रीमान चौधरी महतो खोजी गर्न करिव १ बजे खेतबारीमा पुग्दा उनलाई मृत अवस्थामा देखेपछि उनी स्थानियको सहयोगमा ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी गराई स्थलगत अनुगमन र मुचुल्का उठाई थप अनुसन्धानको लागि लहान अस्पताल लागिएको निजका छिमेकी ललित नारायन महतोले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको लहान प्रहरीले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *