मतदातालाई रुपैया बांड्ने माओवादी कार्यकर्ता ५४ हजार नगद सहित पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा २८ बैशाख । सिरहामा मतदातालाई रुपैया बाड्ने नेकपा माऔवादी केन्द्रका कार्याकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमुना मतपत्रमा आफ्नो पार्टीको चुनाव चिन्ह देखाउदै प्रती मत २ हजार देखि ५ हजार रुपैया बांड्ने क्रममा गोलबजार नगरपालिका २ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हो ।
उनको साथबाट मतपत्र र करिव ५४ हजार नगद रूपैया बरामद भएको बताइएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएको छ ।
स्थानीयले लामालाई मतपत्र र रकम सहित नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जनाएको छ।
गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा पुन:देवनाथ साह उम्मेदवार बनेका हुन् । लामा गोलबजार नगरपालिकाका खेल कुद शाखाका कर्मचारी कसम लामाको बुवा हुन् र मेयर साहको नजिकको मान्छे भएको स्थानीयहरु बताउँछन।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *