सिरहा:आचारसंहिता विपरित गतिविधी गरेकोभन्दै दुई पत्रकारलाई स्पष्टि करण

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, १५ वैशाख।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकार आचारसंहिता विपरित गतिविधी गरेको भन्दै दुईजना पत्रकारलाई स्पष्टि करण सोधेको छ।

यहि वैशाख ३० गते हुनगईरहेको स्थानीय तह निर्वाचनमा पत्रकार जिवछ यादव र फिरोज सिद्दीकीले पत्रकार आचारसंहिता विपरित पार्टी र व्यक्ति विशेषको सामाजिक सञ्जालमार्फत मत माँगेको भन्दै स्पष्टिकरण सोधेको हो।

महासंघ सिरहा शाखा अध्यक्ष मनोज वनैताद्वारा जारी विज्ञप्तीमा ‘पत्रकार यादव र सिद्दीकीले सामाजिक सञ्जालमार्फत व्यक्ति विशेष तथा पार्टीको मत मागेको गुनासाहरु आएकाले त्यसप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।’

जरी विज्ञप्तीमा लेखिएको छ, ‘पत्रकार यादव र सिद्दीकिलाई किन कार्यवाही नगर्ने सम्बन्धमा महासंघ कार्यसमितिले स्पष्टिकरण सोधेको छ। वहाँहरुलाई २ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न महासंघ अनुरोध गर्दछ।’

पत्रकार महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय केन्द्रिय बैठकद्वारा जारी भईसकेकोले सोही अनुसार हुने अध्यक्ष बनैताले जनाए।

हाम्रो जिल्लाका पत्रकार साथीहरुले उम्मेद्वारी दिएका भए र घोषणा गरेका भए उनीहरुको सदस्यता स्वतह रदहुने अध्यक्ष बनैताले जनाए। उनले भने, ‘केही विद्वान साथिहरुले उम्मेदबारी दिएको र घोषणा गरेका थिए। उहाँहरुले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने थियो । दिनुभएन तर पनि उहाँहरुको सदस्यता स्वतह रद्द भइसक्यो, नविकरण हुँदैन।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *