सिरहा:बिष्णुपुर गाउँपालिकाको अध्यक्ष यादवले बुझाए गाडी

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, ९ वैशाख ।

सिरहाको विष्णुपुर गाउँपालिाकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोवाईल लगायतका सामाग्रीहरु बुझाएका हुन् ।

अध्यक्ष यादवले ले प्रयाेग गर्दै आएकाे बा २ झ ३६४३ नम्बरकाे चार पाङ्ग्रे गाडी( स्कोर्पियो) फिर्ता गरेका हुन् ।

शुक्रबार बेलुका यादवले गाउँपालिकाको जिन्सी शाखा प्रमुख शम्भु कुमार यादवलाई गाडीकाे साचो हस्तान्तरण गरेका हुन् ।

आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष यादवले
वताए ।

उनीसँगै सवै वडा अध्यक्ष,वडा सदस्यहरुले समेत आफूले प्रयोग गर्दै आएको मोटरसाईकल र मोवाईल बुझाएका छन् ।

वैशाख ३० गत्ते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा भागलिन गाडी र उनीहरुले प्रयोग गर्दै आएको सामाग्रि बुझाएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले सो अगावै जनप्रतिनिधीहरुले आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *