
बैशाख -६ सिरहा ।
सिरहाको बिष्णुपुर गाउँपालिका -१ को वडा अध्यक्ष गोपिन्द्र यादवले प्रयाेग गर्दै आएकाे गाडी(मोटर साइकल ) गाउँपालिकालाई फिर्ता गरेका छन् ।
वडा अध्यक्ष यादवले ले प्रयाेग गर्दै आएकाे
स १ ब ९१७ नम्बरकाे मोटरसाइकल गाडी फिर्ता गरेका हुन् ।

मंगलबार बेलुका यादवले गाउँपालिकाका जिन्सी शाखा प्रमुख शम्भु कुमार यादवलाई गाडीकाे सांचाे हस्तान्तरण गरेका हुन् ।
आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष यादवले
वताए ।

जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने यस बिष्णुपुर गाउँपालिकाको पहिलो वडा-१को अध्यक्ष गोपिन्द्र यादव हुन् ।अचारसहिता लागु भैसकेपछि हामीले सबै जनप्रतिनिधिहरुलाई ताकेता गर्दै आइरहेका छौ भोली पर्सिसम्म्म सबै जनप्रतिनिधिहरुले जम्मा गर्ने बिष्णुपुर गाउँपालिकाका सूचना प्रबिधि अधिकृत जिन्सी शाखा प्रमुख
शम्भु कुमार यादव बताए ।

Your email address will not be published. Required fields are marked *