गायक गुरुशरणको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

बिनोद मण्डल -६ वैशाख ।
सिरहा जिल्लाको साविक गाउँविकास समिति असनपुर ८ तथा हाल गोलबजार नगरपालिकाको वडा नं ६ डोहटीयामा एक कार्यक्रम गरी गायक गुरुशरण सदायको बार्षिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

अरुण सदायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सिराहा शाखाका उपाध्यक्ष गणेश प्रसाद शाह विशिष्ट अतिथि चण्देश्वर सदाय अथितिहरु देवीलाल सदाय प्रेम सदाय दुर्गा परियार शिवशरण सदाय समस्ती लाल आले ब्रहमदेब सदाय प्रकाश अनुराग रञ्जित कुशवाहा गोविन्द विष्ट स्टार खवरका सोनु मिश्रा नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिबदयाल यादव रेडियो आकाश गंगाका म्यानेजर संजय यादव नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य तथा नवलपुर टुडेका संपादक बिनोद मण्डल लगायतका उपस्थितिमा आयोजित कार्यक्रममा स्वागत मन्तब्य देवीलाल सदायले राख्नु भएको थियो ।

कार्यक्रममा अधिकांश वक्ताले स्वर्गिय गुरुशरण सदायले मुसहर समुदायको लागि गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमको उद्घघाटन प्रमुख अतिथिको रूपमा रहेका वरिष्ट पत्रकार गणेश शाहले गरेका थिए ।

कार्यक्रममा स्वर्गिय सदायप्रति मौन धारण गरिएको थियो भने राजकुमार सिंहले स्वर्गिय सदायका पत्नी शान्ति सदायलाई ५०००/-(पाँच हजारसहित) सहयोग गरेका थिए ।
गत २०७८/०१/६ गते स्वर्गे भएका सदाय को बार्षिक श्रद्धाञ्जली कार्यक्रममा उनले मुसहर समुदाय र कला क्षेत्रलाई दिएको योगदानको बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नं १ घर भई हाल सिरहाको च माविमा कक्षा ११ मा अध्ययन गर्दै गरेकी आरती सदायलाई रु ५०००/-पाँच हजार सहयोग प्रदान गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै गुरुशरनको योगदानको जीवनी लेख्न स्थानिय गोलबजार नगरपालिकाका मेयरबाट सहयोग माग्दा नदिएको अरुण सदायले बताउनु भयो

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *