
चैत -३० सिरहा।
सिरहाको मिर्चैयामा AB मलको तेश्रो शाखाको उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमबीच मिर्चैया नगरपालिका थाना चौक नजिक सिरहा सुपर मार्केट प्रा.लि.AB मल को उद्घाटन गरिएको हो ।

गोलबजार र जनकपुरमा AB मल यस अघिदेखि नै सञ्चालनमा रहेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी प्रदेश सांसद जगत यादवले AB मललाई नाफामुखी मात्र नभई सेवामुखी बनाउन आग्रह गरे ।साथै खाद्य, पेय पदार्थ, लत्ता कपडा र घरेलु उत्पादनहरू अन्य बजारमा भन्दा सस्तोमा पाइने र नाफाभन्दा सेवाको भावले यस मार्केट सञ्चालनमा ल्याएको प्रदेश सांसद यादवले जनाएको छ ।

AB मल का प्रमुख कार्याकारणी अध्यक्ष पिन्टु राउतको अध्यक्षतामा कार्यक्रम गरीयो।जस कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मिर्चैयाका मेयर श्रवण यादव, कर्जन्हाका मेयर गंगा पासवान लगायत नेपाली , मैथिली ,भोजपुरी जगतका ख्यातिप्राप्त कालाकारहरुको प्रस्तुति समेत रहेको थियो ।
Your email address will not be published. Required fields are marked *