
चैत -२९,सिरहा।
सिरहाको बिष्णुपुर गाउँपालिका वडानं १ नयाँ चौक ( हनुमान चौक) मा रामनवमी मेलाको अवसरमा बिशाल दंगल कुस्ती खेलको आयोजना भएको छ।

बिशाल दंगल कुस्तीमा नेपाल र भारतका चर्चित पहलवानहरुको सहभागिता रहेको छ।

दंगल कुस्ती खेलको उदघाटन गर्दै
कुस्ती खेल स्वास्थको लागी एकदम राम्रो खेल हो ।तर यस्तो खेलहरु आज हाम्रो गाउँ समाजमा कम खेलिने गरेको देखिन्छ । बाहिरको पहलवानहरु खेल्ने हामी हेर्ने प्रबृत्ति भएको हो ।यस्तो कुस्ती खेलहरुमा हाम्रो समाजका युवाहरुलाइ पनि ध्यान दिनुपर्ने बिष्णुपुर गाउँपालिकाको प्रत्यासी अध्यक्ष उम्मेदवार नेकपा माओबादी केन्द्रको हजारी शाहले बताए ।

मेला समितीका अध्यक्ष साथै बिष्णुपुर गाउँपालिका वडा न.१ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षत्तामा भएको दंगल कुस्ती खेलमा सम्पुर्ण गाउँबासी,स्थानीय नेताकार्यकर्ता लगायतका हजारौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
Your email address will not be published. Required fields are marked *