"सहि व्यक्ति ,सहि ठाँउ"

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


नेपाल भरि ६ वटा माहानगरपालिका,११ वटा उपमहानगरपालिका,२७६ नगरपालिका र ४६० वटा गाउँपालिका गरि जम्मा ७५३ स्थानीय निकायहरु छन।स्थानीय निकाय वा स्थानीय सरकार(तह) भनेको हाम्रो घर समाज गाउँ ठाँउ वरिपरिको समस्या तथा विकृती विकासलाई नजिक बाट हेरेर त्यसलाई सुधार गर्ने निकाय हो।स्थानीय सरकारको कार्य अवधि ५ वर्ष तथा यसले हाम्रो ५ वर्षका लागि रोड म्याप बनाउने र त्यसलाई कर्यबयन व्यवस्थापन  गर्ने निकाय भएकोले हामी एक पटक सहि ब्यक्तिलाई ठिक ठाँउमा राखिएन भने हाम्रो ५ वर्ष तथा हाम्रा आउने पुस्तालाई धेरै नै कठिनाई वा नकारात्मक असर पर्ने देखिन्छ । चुनाव भनेको गोप्य मतदान हो यसमा ब्यक्ति स्वयम् मा निर्भर भइ सहि ब्यक्तिको छनोट गर्नु पर्छ।यदि यस चुनावमा हामी एक पटक गलती गर्यो भने भोलिका दिनहरुमा विकासमा उकालोको वाटो लाग्न धेरैनै कठिनाइ भोग्नु पर्छ।यी सब कारणले नकारात्मक सोच विचार भएका ब्यक्तिहरु लाई हामिले समयमै पाखा लगाई राम्रो सोच विचार हाम्रा दुख सुख मा साथ सहयोग तथा राम्रो विकास प्रेमीलाई गोप्य मतदान गरि सहि ब्यक्ति लाई सहि ठाँउमा चयन गरौ।
हुन गैइरहेको २०७९/१/३० गतेका स्थानीय चुनावमा नेपाल भरिका हामी सम्पूर्ण जनताहरुले एक पटक सोच्नै पर्ने हो कि सहि ब्यक्ति लाई सहि ठाँउमा  राख्न गोप्य मतदानको अधिकार प्रयोग गरि चुनावमा सहभागिता जनाउँ।
ई.चन्द्र कान्त साह
बिष्णुपुर गाउँपालिका ०१,सिरहा।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *