सिरहाको गोलबजार नगर प्रमुखमा ३ जनाको नाम नेकपा माओबादीबाट सिफारिस,को बन्ला नगर प्रमुख

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सुरेश राय -
सिरहा,२३ चैत्र ।

नेकपा माओबादी केन्द्र गोलबजार नगरपालिकाको नगर प्रमुखको उम्मेदवारमा रामचन्द्र महतोसहित ३ जनाको नाम सिफारिस गरिएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि नगरप्रमुखमा, राम चन्द्र महतो र देव नाथ शाह (वर्तमान मेयर) कृष्ण कुमार लामा सहित ३ जनालाई सर्बसहमत रुपमा उम्मेदवार छनौट गरिएको हो ।
रामचन्द्र महतो नेकपा माओवादी केन्द्र प्रदेश न-२ का प्रदेश कमिटि सदस्य हुन । यसैगरी उपप्रमुखमा बास्ना मोक्तान, रेशम कुमारी थापा, कुशुम देवी शर्मा र उर्मिला कार्किको नाम सिफारिस गरिएको छ । साथै वडा न-७ का लागि वडाध्यक्षमा जगत श्रेष्ठ,को नाम सिफारिस गरिएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *