धनुषा:मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


जनकपुरधाम,१५ चैत ।
धनुषाको सबैला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चार बालबालिकाको मृत्यु भएको छ। सबैला २ मा भएको दुर्घटनामा एक घाइते भएका छन्। एकै मोटरसाइकलमा पाँच जना सवार रहेको धनुषाका डिएसपी जितेन्द्र बस्नेतले बताए।

ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ। अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा सबैला २ बस्ने १२ वर्षीय लक्ष्मी यादव, वर्ष १५ का राहुल यादव, १४ वर्षका सुमित यादव र वर्ष १२ का विकास यादव रहेका छन्। राहुल मोटरसाइकल चालक हुन्।

दुर्घटनामा वर्ष १९ का सुरेन्द्र यादव घाइते भएका छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *