प्रथम नगर स्तरिय क्रिकेट प्रतियोगिता गोलबजारमा सुरु

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा,११ चैत्र ।
‘स्वास्थयको लागि खेलकुद, रास्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ विभिन्न खेल प्रतियोगिताहरु गराउँदै आएको गोलबजार नगरपालिकाले भोलीबाट प्रथम गोलबजार नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ । जन्ता नमुना (प्राविधिक) मा.बि. गोलबजारको प्राङ्गणमा
शिक्षा, युबा तथा खेलकुद शाखाको आयोजनामा हुन गईरहेको प्रथम गोलबजार नगर स्तरिय क्रिकेट प्रतियोगितामा नगरभरिका १४ टिम सहभागि हुने खेलका सह–आयोजक श्री राज देवि युबा क्लबका अध्यक्ष सुरजा साहले जान्कारी दिए ।
खेलमा प्रथम हुने टिमलाई १५ हजार नगद र दोस्रो हुने टिमलाई १० हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने गोलबजार नगरपालिकाका सुचना अधिकारी दिनेश सहनीले जानकारी दिए । प्रत्यक खेलमा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रमाणपत्र प्रदान गरिने छ ।
खेलको पहिलो दिन पहिलो इनिङ्ग एबि मल र गोलबजार नगरपालिका वडा नं. ४ बिच हुनेछ । दोस्रो इनिङ्गमा वडा नं. ८ र वडा नम्वर ११ बीच हुने आयोजकले जनाएको छ ।
खेलमा एलवीडव्लु बाहेक सबै नियम लागू हुने आयोजकले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *