काङ्ग्रेसलाई जिताउन सभापति चौधरी घर- घरमा पुग्दै

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


सिरहा १, चैत ।
सिरहा क्षेत्र नम्बर - १ का क्षेत्र सभापति महेश प्रसाद चौधरीले 'घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई निरन्तरता दिनुभएको छ ।
अभियानको १० औं दिन आज लहान नगरपालिका वडा नम्बर - २२ को सिसवनी टोल र लहान- १६ को बिकट बस्ती भसुवा भूमरेमा पुगेर उनले हरेक टोल, वडा तहमा नेता कार्यकर्ता र सर्व-साधारण लाई एमसिसीका विषयमा जानकारी दिई काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको उनले बताए । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि पनि अभियान सुरु गरिएको हो ।”
आज संचालन गरेको अभियानमा लहान नगरपालिका वाडा नम्बर - २२ का वडा सभापति रामबृक्ष साह, नेपाली काङ्ग्रेसका नेताहरू क्रमशः श्याम कुमार अधिकारी , रामकुमार चौधरी, सैलेन्द्र साह लगायतको सयौं जनाको उपस्थिति रहेको थियो ।, 'भने, 'लहान नगरपालिका वडा नम्बर - १६ को बिकट बस्ती भसुवा भूमरेमा वडा अध्यक्ष गरुड बहादुर जर्घामगर , नेपाली काङ्ग्रेसका नेता हरी पोखरेल, महेश पोखरेल , भाईकाजी खड्का लगायतका नेताहरूको उपस्थिती रहेको चौधरीले आफ्नो फेसवुकमा लेखेका छन् ।
नेपाली काङ्ग्रेसलाई वडा देखि नगरको हरेक तहमा जिताउन उनले जागरण अभियान पनि संचालन गरिरहेको बुझिएको छ ।
आफ्नो ब्यक्तिगत लगानीमा करोडौं बराबरको राहत बाँडेर एक्कासि चर्चामा आएका चौधरीलाई जनताले रुचाएका छन् । विपन्न परीवारहरु भन्छन् , ' महेश प्रसाद चौधरी लहान नगरपालिकाको मेयर हुनुपर्छ । किनकी उनी भिजन भएको नेता हो । साथै गरिब जनताको साथी हो ।,
अभियानको क्रममा चौधरीको मन्तव्य सुन्न नेपाली काङ्ग्रेस बाहेक अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहने गरेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *