सिरहा: कार दुर्घटना एक जनाको मृत्यु तीनजना घाइते

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फागुन ३० सिरहा।
सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलमा भारतीय नम्बर पलेटकाे बीआर ०७ एएम ३०६३ नम्बरको कार आइतबार राति दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु भएको छ। भन्ने कारमा साबार अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाकाे कमला नगरपालिका–१ हथलेटवा बस्ने २२ वर्षीय धिरज मण्डल रहेका छन । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ ।

आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भईरहेको जिल्ला प्रहरी सिरहाले जानकारी दिएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *