सिरहा, फागुन २९ गते ।
सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सम्वन्धि सुझाव संकलनका लागि मधेश प्रदेशका आठ वटै जिल्लाका पत्रकारहरुसँग सुझाव संकलनकोक्रममा आइतबार पत्रकार महासंघ सिरहा र सप्तरीको अध्यक्ष लगायत दुई जिल्लाका करिव दुई दर्जन पत्रकारसँग समुह बिभाजन गरी सुझाव संकलन गरेको छ । प्रेस काउन्सिल नेपाल र सुचना तथा प्राविधिक मन्त्रालयले जारी गरेको पत्रकार अचार संहिताको कोपी गरि मधेश प्रदेशका लागि अचार संहिता बनाउदा बिगतकै अचार संहितामा थपघट गरी मधेश प्रदेशले छुट्टै प्रदेश स्तरिय संचार माध्यम र पत्रकार आचार संहिता बनाउन लागेको नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले सिरहाका पत्रकार र मिडियालाई व्यवस्थित बनाउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका राजेश कुमार कर्णले पत्रकारहरुको हकहितमा गर्न लागेका कदमलाई बधाई दिएका छन् । सिरहाका केही पत्रिकाहरु आर्थिक अभावका कारण नियमित प्रकाशन नगरी वर्षमा एक दुईचोटी प्रकाशन गरी पत्रिकालाई खाने भाडो बनाएकोले त्यस्ता पत्रिकाहरुलाई व्यवस्थित गर्न विज्ञापन उपलब्ध गराई नियमित प्रकाशमा जोड दिनु जरुरी देखिएको भन्नु भएको छ । सिरहाका केही यस्ता पत्रकारहरु छ जो सप्तरीसम्म पनि जाँदैन तर बिदेशवाट नै अनलाई चलाउने क्रियाकलापले पत्रकारिता पेशाको डाढ नै भत्काउने गरेको गुनासो बनैताले भने । यसै गरी आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले संघीयता बलियो नभएसम्म कुनै पनि क्षेत्र सबल नहुने बताएका छन् । सप्तरीमा आज आयोजित सञ्चार माध्यम र पत्रकार आचार संहिता निर्माण सुझाव संकलन कार्यशालामा बोल्ने क्रममा उनले संघीयतालाई बलियो बनाउन सबैले सहयोग गर्नु पर्ने जोड दिए । राम्रो गर्नेलाई नीति बनाएर प्रोत्साहन गर्ने तथा सत्य र न्यायलाई ओझेलमा पार्नेलाई कडाइका साथ निगरानी गर्ने मन्त्री साहको भनाइ छ। साथै, पछाडि परेका जनतालाई कसरी अधिकारसम्पन्न बनाउने भन्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको उनले बताए। पत्रकारितामा भएका विकृतिलाई पनि न्युनिकरण गर्न सरकारले निगरानी गरिरहेको उनको भनाइ छ ।
आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रूबी कर्णले पत्रकारितामा विभेद र राजनीतिकरण रहेको बताइन् । जात, धर्मबाट जबसम्म पत्रकारमाथि उठ्दैन तबसम्म समस्या समाधान नहुने उनको भनाइ रहेको थियोे । उनले थपिन, झमधेश प्रदेशको पत्रकारको हकहितका लागि बजेट खर्चिन प्रतिबद्ध छौ । कार्यक्रममा मास मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूका लागि एक लाख बराबरको स्वास्थ्य बिमा, दुर्घटनामा परे सात लाख सम्मको बिमा गर्ने गरी काम भइरहेको बताए । कार्यक्रममा मधेस प्रदेश पत्रकार संघका अध्यक्ष राजेश कर्णले प्रदेश सरकारको ९० प्रतिशत विज्ञापन संघीय मिडियामा आउँने हुँदा स्वरोजगार र श्रमजीवी पत्रकार पीडित बनेको बताए ।

Your email address will not be published. Required fields are marked *