सिरहाको बिष्णुपुर गापामा नेकपा एमालेद्वारा जेष्ठ नागरिक सम्मान तथा ८ औं वडा अधिबेशन सम्पन्न

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा,१५ फाल्गुन ।
सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा जेष्ठ नागरिक संमान तथा ८ औं वडा अधिबेशन सम्पन्न गरीएका छन।

एमाले पार्टी देशमा गरीबी हटाउन चाहन्छौ र बिश्वको सबै देशहरु हाम्रो मित्र राष्ट्र नै हो।वृद्ध वृद्धा जेष्ठ नागरिक तथा गरिब
सुकुम्बासीहरुलाई रक्षा गर्ने र सहारा गर्ने पार्टी नेपाल कम्युनिस्ट नेकपा एमाले नै रहेको पुर्व नागरिक उडयान मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य सचिब योगेश भटराईले बताए।
हरेक गाउँपालिकामा शिक्षा स्वास्थ तथा युवाहरूलाई स्वरोजगारको ग्यारेन्टी समेत एमाले पार्टीको जिम्मेवारी रहेको बताए।

जेष्ठ नागरिकहरुलाई भत्ता दिने कार्यक्रम एमाले सरकारको पालामा भएको उनले प्रष्ट पार्नु भयो। एमाले पार्टी तराईलाई अन्नको भणडार तिर उन्मुख गर्न जान्छ। तराईलाई हरयाली बाताबरण बनाउन लागेका हुन्।एमाले पार्टी नै बिकास शिलपार्टी रहेको युवा नेता सरोज कुमार यादवले जानकारी दिए।
उक्त कार्यक्रममा हजारौं जेष्ठ नागरिकहरुलाई संमान गरेका हुन।आउने एमालेको सरकारले नै तराई मध्येसलाई समृद्धि ल्याउने बताए।कार्यक्रममा हजारौं वृद्ध वृद्धाहरुको सहभागिता रहेको आयोजक समितिले जानकारी दिनु भयो। मधेसी जनताको हक अधिकारकोलागी अवाज उठाउने पार्टी एमाले रहेको बताए। देशमा गरिबीको रेखा मुनी रहेको जनता उकास्न सरकार र सबै नेपालीको दाईत्व रहेको बताए।उक्त कार्यक्रमको अध्यक्षता भुपु प्रधान सत्यनारायण यादव ले गरेका थिए

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *