
सिरहा, ९ फागुन ।
नेकपा माओवादी केन्द्रको निकट विद्यार्थी तथा युवा संगठन वाईसिएल नेपालले आज सिरहाको जिरोमाईल र कसहा चौकमा मसाल जुलुस प्रर्दशन गरेकोे छ ।
एमसीसी संसद्मा टेबुल गराएको विरुद्धमा उनीहरुले चर्को नाराबाजी सहित मशाल जुलुस प्रदर्शन गरेको हो ।
एमसीसी भित्र–भित्रै अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आज धनगढीमाई नगरपालिकाको जिरोमाईलमा वाई सि एल का जिल्ला सभापति विवेक परियारको नेतृत्वमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।
पार्टीका शीर्ष नेताहरूले भातृ आम जनतालाई गुमराहामा पारेर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै आफूहरुले खबरदारी गरेको जनाए ।
सर्वसाधारण, युवा तथा वाईसिएल कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने बताइएको छ ।
जनताको हित विपरीत नेताहरुले स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने भन्दै नेकपा माओवादी केन्द्रका भातृ संगठन वाईसिएल नेपाल सिरहा जिल्ला संयोजक विवेक परियारले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने जनाए ।
त्यसैगरी, आजै धनगढीकै कसहा चौकमा अनेरा स्ववियु (क्रान्तिकारी) र वाईसीएलले मशाल जुलुस प्रदर्शन गरे । प्रदर्शनमा वाईसीयल इन्चार्ज विवेक परियार, अनेरा स्ववियुका पुजन सिंह, रामउदगार यादव, रामपुकार यादव, सुकराज घिसिङ लगाएतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको जनाएको छ ।
Your email address will not be published. Required fields are marked *