शहिदनगरमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

धनुषा ।
धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शनिबार नेपाली काँग्रेस र जसपाका नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका छन् ।

शहिदनगर नगरपालिकाको वडा नम्बर ७ धबौली ताराटोलस्थित शनिबार दिउँसो भेटघाट कार्यक्रमको क्रममा धबौलीको चर्चित नेताहरुलाई नेपाल कम्यूनिष्ट पार्टी माओवादीमा प्रवेश गराएका हुन् ।

सो क्रमममा धबौलीमा चिरपरिचित नेपाली काँग्रेसका दिलीप मण्डल, जसपाका सुरेश मण्डल, डा. सरोज कुमार मण्डलसहित अन्य व्यक्तिहरुलाई माओवादीमा प्रवेश गराएको हो ।

सोही क्रममा धबौलीबाटै भुली पासमान , अजित मण्डल , फुल कुमारी पासमान , करिया पासमान , बिपती साह , नथु साह , रामचन्द्र साह , दिलिप मण्डल लगायतका नेता कार्यकर्ताहरुलाई मेयर बरबरियाले माओवादी पार्टीमा स्वागत गरेका थिए ।

धबौली जसपाका प्रदेश साँसद शैलेन्द्र यादवको स्थायी गाउँ हो । मेयर बरबरियाले उनीहरुलाई प्रवेश गराउँदै दलित, उत्पीडनमा परेका, हेपिएका वर्गको उत्थान र राज्यको मूलधारमा ल्याउनको लागि माओवादी पार्टी मात्र अग्रसर रहेको बताउँदै पार्टी प्रवेश गराएको हो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *